काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरा नियमित स्वास्थ्य परीक्षणका लागि भारतको मुम्बई प्रस्थान गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस राख्दै उनले आफू केही दिन मुम्बईमा रहने जानकारी दिएका छन्। “म केही दिनका लागि नियमित स्वास्थ्य फलोअपको सिलसिलामा आज भारत (मुम्बई) प्रस्थान गर्दैछु,” जबराले लेखेका छन्, “यस अवधिमा आवश्यक सम्पर्कका लागि मेरो व्हाट्सएप नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।”

advertisement

जबरालाई क्यान्सरको उपचारका लागि मुम्बईस्थित अस्पतालमा नियमित फलोअप गरिँदै आएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि प्रहरीले जबरालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो। उनी क्यान्सर पीडित भएकाले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै हाजिरी जमानीमा रिहा गरिएको थियो।

सो घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको छ भने मुद्दाको कानुनी प्रक्रिया अगाडि बढिरहेको छ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com