काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेले ऐरीले राजीनामा दिएको पुष्टि गरेका छन्। ऐरी नेपाल प्रहरीमा सहायक हवल्दारको रूपमा कार्यरत थिए।
उनले केही महिनाअघि पेश गरेको राजीनामा पत्र हालै स्वीकृत भइसकेको प्रवक्ता घिमिरेले जानकारी दिए। प्रहरीका अनुसार ऐरीले राजीनामामा घरायसी कारण उल्लेख गरेका छन्।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया