काठमाडौं ।  नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले दुबै नेताको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

advertisement

गत पुस १० गते बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणसम्बन्धी विवादास्पद अभिव्यक्तिको कारण देखाउँदै उनीहरूको जिम्मेवारी छ महिनाका लागि खोसेको थियो।

अब उनीहरू पुनः आ-आफ्नो जिम्मेवारीमा फर्किने भएका छन्।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com