काठमाडौं । ड्यानिएल स्भेन्सनले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतले बोरुसिया डर्टमुन्डले क्लब वर्ल्डकप २०२५ मा बिहीबार उल्सन ह्युन्डाईलाई १–० ले पराजित गरेको छ । यस जितसँगै जर्मन टिम समूह ‘जी’ को विजेता बनेको छ र अन्तिम १६ मा पुगेको छ ।
डर्टमुन्डको यो लगातार दोस्रो जित हो र उसको तीन खेलबाट सात अंक भएको छ । स्लेभन्सले ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । फ्लुमिनेस भने छ अंकमा दोस्रो स्थानमा रह्यो र यसले पनि नकआउट चरणको यात्रा निश्चित गर्यो ।
उसले सनडाउन्सलाई गोलरहित बराबरीमा रोक्यो । सनडाउन्सलाई भाग्यले साथ दिएन र चार अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । उल्सन भने शून्य अंकमै रह्यो र उसले लिग चरणका सबै खेलमा हार सामना गर्यो ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया