काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित भई ठक्कर दिने टिपरमा आगजनी समेत गरेका छन्।

बुधबार राति ८ बजे जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय सचिन साह गुप्ता गुप्तालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई राति ९ बजे मृत घोषणा गरेका थिए।

advertisement

दुर्घटनापछि चालक फरार भएको र टिपर घटनास्थलमै रहेको जानकारी पाएपछि स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरुले टिपर हटाउन अवरोध सिर्जना गरेका थिए। प्रहरीको टोलीले सम्झाउने प्रयास गरे पनि बेलुका करिब पौने ९ बजे भीडले ट्रिपरमा आगजनी गरेका थिए। आगलागीपछि टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको कमान्डमा १३ जनाको टोलीसहित अन्य नजिकका प्रहरी कार्यालयबाट थप टोली खटाइएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

टिपरलाई राति सवा २ बजे क्रेनको सहायताले तानेर जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com