काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर संस्था (सीआईए) का निर्देशक जोन रेटक्लिफले इरानमाथि भएको अमेरिकी आक्रमणले त्यहाँका मुख्य आणविक संरचनामा गम्भीर क्षति पुर्याएको दाबी गरेका छन्। उनका अनुसार यो आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको छ।
रेटक्लिफले आक्रमणका कारण इरानका महत्वपूर्ण आणविक स्थलहरू नष्ट भएको जनाउँदै यद्यपि उक्त कार्यक्रम पूर्णरूपमा अन्त्य भने नभएको स्पष्ट पारे।
उनको यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो, जब अमेरिकी रक्षा विभाग अन्तर्गतको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनमा इरानको आणविक क्षमतामा तत्काल ठूलो क्षति नभएको र केवल केही महिनाका लागि प्रभाव परेको उल्लेख गरिएको छ।
यसबारे सीएनएन र न्यूयोर्क टाइम्सजस्ता प्रभावशाली अमेरिकी सञ्चारमाध्यमहरूले पनि रक्षा गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती रिपोर्टहरूलाई ‘नक्कली समाचार’ भन्दै खारेज गरिसकेका छन्।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया