काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मलको अभाव निरन्तर भइरहने अवस्था रहेको बताएका छन्।

नेपाल डेरी एसोसिएसनद्वारा बिहीबार आयोजित ‘दही चिउरा प्रवर्द्धन कार्यक्रम’मा बोल्दै उनले मलको समस्या केवल अहिले मात्र नभई बारम्बार दोहोरिने चुनौती भएको स्पष्ट पारे।

advertisement

उनका अनुसार गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिए पनि जम्मा साढे ४ लाख मेट्रिक टन मल मात्र आयात हुन सकेको थियो। तर नेपालमा वार्षिक मलको माग ११ लाखदेखि १३ लाख मेट्रिक टनसम्म पुग्छ। यस्तो अवस्थामा मात्र एक चौथाइ आपूर्तिले किसानको आवश्यकता समयमै पूरा गर्न सम्भव नहुने मन्त्री अधिकारीको भनाइ छ।

मन्त्री अधिकारीले कृषि क्षेत्रका अन्य समस्यातर्फ पनि संकेत गरे। चिस्यान केन्द्रको अभाव, कृषि बीमा प्रणालीको कमजोरी, तथा किसानले उत्पादन गरेको दूधको रकम वर्षौँसम्म भुक्तानी नपाउनुजस्ता समस्याले किसानको मनोबल कमजोर बनाएको उनले बताए।

उनले उधारोमा दूध दिने किसानहरूले वर्षौँदेखि भुक्तानी नपाएको गुनासो गर्दै कृषि क्षेत्रका संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com