काठमाडौं । विदेशमा रहेका नेपालीहरूको यथार्थ जानकारी संकलन गर्ने उद्देश्यले ‘श्रम संसार’ नामक एप आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा तयार पारिएको यो एपमार्फत विश्वभर छरिएर रहेका नेपाली डायस्पोराको विवरण एकीकृत रूपमा अभिलेख राख्न थालिएको हो।
यो एपमा व्यक्तिगत विवरण दर्ता गरेपछि नेपालीहरू कुन देशमा, कुन अवस्थमा र कति संख्यामा छन् भन्ने यथार्थ तथ्याङ्क प्राप्त गर्न सकिनेछ। साथै, सम्बन्धित निकायहरूलाई आवश्यक नीतिनिर्माण तथा सेवाप्रदायक काममा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
‘श्रम संसार’ एपले नेपालीहरूको अन्तर्राष्ट्रिय उपस्थिति र अवस्थाको स्पष्ट चित्रण गर्न सहयोग पुर्याउनेछ। यसले आपत्कालीन अवस्था तथा विदेशी भूमिमा रहेका नेपालीहरूको अधिकार सुरक्षामा समेत उपयोगी हुने सरकारी अधिकारीहरूले जनाएका छन्।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया