काठमाडौं । काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका ६ घर भई हाल काभ्रेको बनोपा नगरपालिका १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय गोरखा चाइनिज इट्टाभट्टामा काम गर्दै आएका घर्ती सोही भट्टाको जस्ताको छानोमा प्लाष्टिक ओढाउने क्रममा बिहीबार साँझ छानाबाट खसेका थिए। छानाबाट पानी चुहिन थालेपछि उनी प्लाष्टिक ओढाउन छानामा चढेको बेला घटना भएको हो।

advertisement

छानाबाट खसेर गम्भीर घाइते भएका उनलाई इट्टाभट्टाका म्यानेजर अनिल दुवालले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगेका थिए।

उपचारकै क्रममा गएराति उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी साँगाबाट हबलदार बेलबहादुर श्रेष्ठको कमाण्डमा गएका प्रहरीले अनुसन्धान अघि बढाएका छन्।

घटनाको विषयमा मृतकका आफन्तलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com