काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयकमा संसदीय समितिमा सहमति जुटाउनका लागि आज पनि छलफल हुँदै छ । सरकार र शिक्षक महासंघबीचको सहमति अनुसार असार १५ गतेभित्र विधेयक पारित गर्ने भनिएपनि सम्वन्धित संसदीय समितिमा केही बिषय टुंगो लाग्न नसकेपछि आज पुनः ११ बजेपछि छलफल हुन लागेको हो ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिभित्र विधेयकका सबै विषयमा सहमति खोजेर प्रतिनिधिसभामा अघि बढाउने तयारी भएको छ । निजी विद्यालयको संरचना, प्रारम्भिक बाल विकास इसीडी र शिक्षक अनुमतिपत्रको विषयमा सहमति हुन नसकेको बताइएको छ ।

advertisement

त्यस्तै, निजी विद्यालयलाई कम्पनी मोडलमै चलाउने कि गुठीअन्तर्गत भन्ने विषय र इसीडीलाई विद्यालय मातहत राख्ने कि नराख्ने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । समिति सदस्यहरुबीच एसइइ परीक्षा प्रदेश सरकार मातहत राख्ने र जिल्ला शिक्षा कार्यालयको संरचना यथावत् राख्ने विषयमा भने सहमति जुटेको एक सदस्यले बताए । यसअघि हिजो भएको समिति बैठकमा ठोेस सहमति हुन नसकेपछि आजका लागि बैठक बलाइएको छ ।

 

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com