काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि विहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

advertisement

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् ।

 

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com