काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले ठुलो परिमाणमा लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई १५० एम्पुल लागू औषधसहित गौर भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक कुमार रायका अनुसार, बुधबार भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं। १ स्थित भन्सार कार्यालय अगाडि जाँच गर्ने क्रममा मगरलाई नियन्त्रणमा लिएको हो। भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका उनीमाथि शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त लागू औषध बरामद भएको थियो।

advertisement

प्रहरीले उनको साथबाट नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागू औषध तथा एउटा मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका मगरलाई लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com