काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागी बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उनका दुई सन्तान बेपत्ता भएका हुन् । उनीहरू चार दिनदेखि बेपत्ता छन् ।
हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँकी २२ वर्षीय मङ्गली लोहार टमाटा र उहाँका दुई छोरा सात वर्षका सौरभ लोहार र तीन वर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७स्३० बजे डेराबाट सम्पर्कविहीन भएको श्रीमान् मेलेबहादुर लुहारले बताए ।
श्रीमान् मेलेका अनुसार मङ्गली त्यस दिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केको अहिलेसम्म फर्किएका छैनन्। हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाइएको छ । सो परिवार सात महिनाअघि रोजगारीका लागि भारत गएको थियो ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया