काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारभित्र कुनै समस्या नरहेको बताएका छन्।

चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले नेकपा एमाले फरक पार्टी भएकाले कतिपय निर्णयमा मतभेद हुनु स्वाभाविक भएको बताए।

advertisement

‘टेक एन्ड पे’ प्रणाली हटाएपछि बजेट सजिलै पारित भएको उल्लेख गर्दै उनले भने, “ठूलो कुरा थिएन, सामान्य असमझदारी थियो। प्रणाली हटेपछि बजेट पास भइसकेको छ। दुई फरक पार्टीबीच मत फरक हुनु सामान्य हो।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे उठेका प्रश्नमा देउवाले आरोपलाई आधारहीन र झूटा रहेकाे उनले भने ।

उनले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयमै हुने पनि स्पष्ट पारे।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com