काठमाडौं । आगामी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले भदौ २८ देखि असोज ७ अगस्ट १४ देखी २४सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गरेको जनाएको छ। क्यानका अनुसार, सिरिज तयारीको महत्त्वपूर्ण अवसर हुनेछ, किनभने नेपालले अक्टोबरमा टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट र सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेल्दै छ।

advertisement

सिरिज अन्तर्गत नेपालले कम्तीमा ६ वटा टी–२० खेलहरू खेल्नेछ, जुन डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा हुनेछ। अस्ट्रेलियाका मैदानमा खेल्ने अवसर नेपाली टोलीका लागि अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने सुनौलो मौका हुने क्यानले जनाएको छ।

कुल ११ टिम सहभागी हुने यस प्रतियोगितामा चारवटा अन्तर्राष्ट्रिय टिमसहित ६ अस्ट्रेलियाली राज्यस्तरीय घरेलु टिम र स्थानीय टिम ‘एनटी स्ट्राइक’ सहभागी हुनेछन्।

क्यानका अनुसार, प्रतियोगिताको विस्तृत तालिका र सहभागी टिमहरूको विवरण चाँडै सार्वजनिक गरिनेछ।

गत वर्षको टप एन्ड टी–२० सिरिज विश्वभरका १२९ भन्दा बढी देशमा प्रशारण भएको थियो र यसले लाखौं दर्शकको ध्यान खिच्न सफल भएको थियो।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com