काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ननग्रेडेड भएका छन् ।

शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार, गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भएपनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुखद् भएको बताए ।

advertisement

उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com