काठमाडौं । असार दोस्रो सातासम्म देशभरि १५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा मात्र रोपाइँ भएको हो ।

advertisement

गत वर्ष १४ असारसम्म १७।२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा १५।६ प्रतिशत मात्रै भएको छ ।

सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५।५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कर्णाली प्रदेशमा ३९।१ प्रतिशत, लुम्बिनी ९।७, गण्डकी १३।८, बागमती २०।५, मधेस ३।९ र कोशी प्रदेशमा १४।३ प्रतिशत रोपाइँ भएको छ ।

मधेश प्रदेशका सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com