काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी–जामुने  पूर्वी  खण्डको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमकाबीच सो खण्डमा कालोपत्रेको काम सम्पन्न भएको जनाएको हो । ४१ दशमलव ५ किलोमिटर दूरीको सो खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम भइरहेको सडक योजना पूर्वी खण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए ।

advertisement

असार २९ गतेसम्म निर्माण सम्पन्न गनुपर्ने सो सडक खण्डको दमौली बजार क्षेत्रको सर्भिस लेनका साथै अन्य केही स्थानमा स–साना काम भने बाँकी रहेको बताइएको छ । एसियाली विकास बैंक एडिबी को ऋण सहयोगमा मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी चार लेनमा विस्तारको काम भइरहेको छ ।

२०७७ माघ १७ गते पूर्वी खण्ड विस्तारका लागि ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com