काठमाडौं । फिफा क्लब विश्वकपमा अन्तिम १६ का खेल आजदेखि शुरू हुँदैछन् । अन्तिम आठमा पुग्न आजको पहिलो खेलमा बोटाफोगो र पाल्मेरियाले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे शुरू हुनेछ ।

त्यस्तै आजैराति बेन्फिका र चेल्सी तथा इन्टर मियामी र पेरिस सेन्ट जर्मेइन पीएसजी ले खेल्नेछन् ।

advertisement

लियोनल मेसीले आफ्नो पूर्वक्लब पीएसजीविरुद्ध खेल्न लागेका हुन् । मेसी सन् २०२३ मा युरोपेली च्याम्पियन फ्रान्सेली क्लब छाडेर इन्टर मियामी पुगेका थिए ।

त्यस्तै सन् २०१३ यता पहिलो पटक चेल्सी र बेन्फिकाले खेल्न लागेका हुन् ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com