एजेन्सी । नर्वेकी राजकुमारी मेटे मरिटका छोरा मरियस बर्ग होइबीमाथि बलात्कारका तीन वटा र अन्य २३ आपराधिक आरोपहरूमा अनुसन्धान सम्पन्न भएको छ । नर्वेली प्रहरीले अभियोजन पक्षलाई मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न कागजात बुझाइएको शुक्रबार जानकारी दिएको हो।

२८ वर्षीय होइबीलाई गत वर्ष अगस्त, सेप्टेम्बर र नोभेम्बरमा तीन पटक पक्राउ गरिएको थियो। उनी नर्वेका हुनेवाला राजाका सौतेलो छोरा हुन् । उनले कुनै शाही उपाधि वा औपचारिक राजकीय भूमिका भने वहन गर्दैनन्।

advertisement

ओस्लो प्रहरीका अनुसार उनीमाथि सन् २०२४ अगस्ट ४ मा पहिलो पटक कुटपिटको आशङ्कामा पक्राउ परेपछि १० महिनासम्म व्यापक अनुसन्धान गरिएको थियो। सो क्रममा धेरै प्रत्यक्षदर्शीहरूका बयान लिइएको, घर तथा अन्य स्थानमा खोजतलास गरिएको र डिजिटल सामग्रीहरूको विस्तृत अध्ययन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीमाथि अनुसन्धान गरेको आरोपहरूमध्ये चारवटा यौन दुर्व्यवहार, नजिकको सम्बन्धमा भएको दुर्व्यवहार, दुईवटा शारीरिक हानीको मुद्दा रहेको पुष्टि गरेको छ। यौनजन्य केही मुद्दा प्रमाणको अभाव र समयसीमाका कारण खारेज गरिएको पनि जानकारी दिइएको छ।

प्रहरी अधिवक्ता आन्द्रेयस क्रुशेभ्स्कीले भने, ‘यो मुद्दामा पीडितहरूको सङ्ख्या दुई अङ्कमा छ भन्ने पुष्टि गर्न सक्छौँ, तर विस्तृत विवरण दिन सक्दैनौँ।’

ल्बदष् िदबलप
होइबीका कानुनी प्रतिनिधि पेतार सेकुलिचले भने, ‘मरियसले यी सबै आरोपलाई गम्भीरतापूर्वक लिएका छन्, तर यौन दुर्व्यवहार र हिंसाका आरोपहरूमा उनले कुनै गल्ती स्वीकार गरेका छैनन्।’

ओस्लो प्रहरीका अनुसार होइबीले २०२४ र २०२५ को बिचमा पटक–पटक बयान दिएका थिए र अनुसन्धानमा पूर्ण सहयोग गरेका थिए।

नर्वेको शाही परिवारले एक वक्तव्य जारी गर्दै घटनाको कानुनी प्रक्रिया अगाडि बढिरहेको बताएको छ र थप कुनै टिप्पणी नगर्ने जनाएको छ।

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com