काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय कम्युनिस्ट आन्दोलन दिशाहीन बन्दै गएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्र गहिरो राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन देखिएको उल्लेख गरे।

उनले सुरुका दिनमा कम्युनिस्ट आन्दोलन त्याग, तपस्या र जनसेवाको भावना लिएर अगाडि बढेको स्मरण गराउँदै अहिलेको अवस्थामा त्यो आदर्श हराउँदै गएको बताए। “हिजोको दिनमा जुन समर्पण भावका साथ हामीले जनताको सेवामा आफूलाई अर्पण गरेका थियौँ, अहिले त्यो भावना हराउँदै गएको छ,” उनले भने।

advertisement

प्रचण्डले हाल कम्युनिस्ट आन्दोलनमा पद र व्यक्तिगत स्वार्थको होडबाजीले प्रष्ट रूप लिएको जिकिर गरे। “सबैतिर पदको लागि तँछाडमछाड देखिन्छ। आफ्नो प्रतिष्ठा र स्वार्थका लागि होड चलिरहेको छ,” उनले स्पष्ट पारे।

उनले पछिल्लो केन्द्रीय समितिको बैठकमा समेत यस्तो प्रवृत्ति बढी देखिएको बताए। “हामी विचार, वर्ग, र समुदायप्रति जति नजिक हुनुपर्ने थियो, त्यो हुन सकेन। वर्गमुक्तिको संकल्प साँचो अर्थमा कार्यान्वयन हुने अवस्थामा छैन,” अध्यक्ष प्रचण्डले भने।

उनका अनुसार यस्तो अवस्थाले कम्युनिस्ट आन्दोलनले देखेको सपना अधुरै रहन सक्ने खतरा छ। उनले पार्टीलाई आत्मसमीक्षा गर्दै पुरानो आदर्श र समर्पण भाव पुनःस्थापित गर्न आग्रह गरे

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com