काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको चर्चा अचम्म मान्नुपर्ने विषय नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित मदन भण्डारीको ७३औं जन्मजयन्ती कार्यक्रममा बोल्दै उनले भण्डारी राजनीतिमा फर्कनु स्वाभाविक हुने उल्लेख गरे। पोखरेलका अनुसार पूर्वराष्ट्रपति स्वयं राजनीतिक पृष्ठभूमिबाट आएकी भएकाले उनले राजनीति प्रति चासो राख्नु अस्वाभाविक होइन।

advertisement

“उहाँ पोलिटिकल मान्छे हो, राजनीतिमा रुचि राख्नु उहाँको स्वाभाविक अधिकार हो,” पोखरेलले भने, “कुन जिम्मेवारी लिने भन्ने कुरा पार्टीभित्र सल्लाह गरेर तय हुन्छ।”

उनले भण्डारीको भूमिकाबारे अन्तिम निर्णय पार्टी नेतृत्व विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष तहमा छलफलपछि हुने स्पष्ट पारे।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com