काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार आत्मघाती आक्रमण हुँदा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

पाकिस्तानी सेनाको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्स आईएसपीआर अनुसार शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा बम डिस्पोजल युनिटको माइन(रेजिस्टेन्ट एम्बुस प्रोटेक्टेड एमआरएपी गाडीमा एक आत्मघाती बम हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोकाएको हो।

advertisement

घटनामा परी घाइते भएका २४ जनामा ​​महिला र बालबालिकासहित १४ जना सर्वसाधारण छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

आईएसपीआरका अनुसार घटनापछि सुरक्षा बलको कारबाहीमा १४ आतंककारी पनि मारिएका छन्।

आत्मघाती आक्रमणको जिम्मेवारी हाफिज गुलबहादुर समूहको उपगुट उसुद अल हर्बले लिएको छ। यो घटनालाई हालैका महिनामा उत्तरी वजिरिस्तानमा भएको सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ।

 

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com