उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लेख्नुभएको फेसबुक पोस्टले हौसला दिएको र केही मात्रामा राहत मिलेको तर प्रधानमन्त्रीकै विश्वास पात्र बस्नेतले लेखेको पोस्टले आफूलाई विज्ञप्ति बनाएको बताएकी छन् ।

गायिका अधिकारीले लेखेकी छन्- ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।’

advertisement

गायिका अधिकारीले जनताको अदालतभन्दा ठुलो अरू केही नभएको बताउँदै जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएको कुरा तीन करोड जनतालाई थाहा भएको र धेरै भन्ने नपार्न समेत नेता बस्नेतलाई चेतावनी दिएकी छन् ।

उनले बस्नेतलाई प्रश्न गर्दै भनेकी छन्- ‘बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो…..?’

बस्नेतले शुक्रबार आफू विरुद्धको प्रकरणबारे फेसबुकमा स्ट्याटस लेख्ने क्रममा गायिका अधिकारीको प्रसङ्ग समेत जोडेका थिए ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com