काठमाडौं । चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बेन्फिकालाई अतिरिक्त समयमा ४–१ गोलअन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा प्रवेश गरेको हो।
इंग्लिस टोलीले पहिलो हाफमा दबदबा कायम राख्दै उत्कृष्ट अवसर सिर्जना गरेको थियो। गोलकिपर ट्रुबिनले कम्तीमा तीन वटा राम्रो बचाउ गरेका थिए।
दोस्रो हाफमा आक्रामक बनेको चेल्सीले ६४औँ मिनेटमा गोल गर्यो। चेल्सीले रीस जेम्सको फ्रिकिकमा डिबक्सको किनाराबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। बल पोस्टको ठीक छेउमा रहेको कर्नरमा गएको थियो र गोलकिपर ट्रुबिनले बचाउन सकेनन् ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा प्रतिकूल मौसमका कारण खेल लगभग २ घण्टा रोकियो। रङ्गशाला नजिकै चट्याङ पर्ने चिन्ताका कारण खेल अवरुद्ध भएको थियो।
खेलाडीहरू लकर कोठामा गए, प्रशंसकहरूले स्ट्यान्डहरू छोड्नुपऱ्यो। लगभग दुई घण्टाको ब्रेकपछि खेल अन्तिम पाँच मिनेट (प्लस स्टपेज टाइम) पुनः सुरु भयो।
डिबक्समा फ्रि किक पछि, ओटामेन्डीले बललाई हेड गरे, र चेल्सी डिफेन्डरको हातमा लाग्यो। भिएआर रिचेक गरेपछि बेन्फिकाले पेनाल्टी पाएको थियो। र, उसले बराबरी गोल गर्यो।
खेलको ९६ औं र अतिरिक्त समयको पहिलो मिनेटमा दुई पहेँलो कार्ड खाँदै युवा जियानलुका प्रेस्टियानी मैदान बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटियो।
१० खेलाडीको फाइदा उठाउँदै चेल्सीले बेफिन्काको पोस्टमा ३ गोल थप्यो। जितसँगै चेल्सीले क्वाटरफाइनलमा पाल्मेरासको सामना गर्नेछ।
इंग्लिस र ब्राजिलियनबीचको खेल आगामी शुक्रबार हुुनेछ। फिफा क्लब विश्वकपको फाइनल जुलाई १३ मा न्यूजर्सीमा हुने भएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया