काठमाडौं । कर्णाली प्रदेश सरकारले आज प्रदेशका ९ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए ।

advertisement

‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तामझामसहित धान दिवसमा औपचारिक कार्यक्रम समेत गर्दै आएको छ ।

 

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com