काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा सम्बन्धी विधेयकको प्रतिवेदन आजै प्रतिनिधि सभामा पेस हुने जानकारी दिएका छन्।
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा बोल्दै घिमिरेले आफूलाई बैठकबाट बोल्ने अनुमति दिन अनुरोध गरे। उनले भने, “विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने भएकाले म निस्कन्छु।”
बैठकमा सहभागी एक सांसदले सोधे, “आजै पेस हुन्छ त?” जवाफमा घिमिरेले संक्षिप्त प्रतिक्रिया दिए, “आजै पेस हुन्छ।”
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस गरिने तयारी रहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: १५ असार २०८२, आइतबार













प्रतिक्रिया