काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन्।

बस्नेतले अदालतमा स्वेच्छिक उपस्थितिका लागि निवेदन दिएपछि उनी विशेष अदालतको इजलासमा बयान दिन उपस्थित भएका हुन्। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको छ।

advertisement

अदालत स्रोतका अनुसार, बयानपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ।

बस्नेत सञ्चारमन्त्री हुँदा टेरामक्स प्रविधि खरिदको निर्णय उनले गरेका थिए। २०७४ भदौ २३ गते, उनले नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गर्ने क्रममा, एक अतिरिक्त वाक्य थपेर, इन्टरनेसनल कल मोनिटरिङ र VOIP (कल बाइपास) नियन्त्रणका लागि उपकरण खरिद गर्ने निर्णय गरेका थिए।

उक्त प्रस्ताव अर्थशास्त्री विमला पोखरेलबाट शुरु भई उपसचिव, सहसचिव हुँदै सचिव महेन्द्रमान गुरुङमार्फत मन्त्री बस्नेतसम्म पुगेको थियो।

भ्रष्टाचार मुद्दा दायर हुनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिँदै बस्नेतले कसैको गोपनीयता भंग गर्ने उद्देश्य नभएको बताएका थिए। उनले आफूले गरेको निर्णय सुरक्षा निगरानी र नियमनका लागि भएको दाबी गरेका थिए।

मुद्दा दायर भएपछि उनी सांसद पदबाट निलम्बनमा परेका छन्।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com