काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार आयोजित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख घिमिरेले यो आग्रह गरेका हुन्।

advertisement

सभामुखको सचिवालयका अनुसार, संविधान कार्यान्वयन तथा संघीयता सुदृढीकरणसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरूमा सबै दलको सहभागिता अनिवार्य रहेको भन्दै उनले रास्वपा र राप्रपालाई संसदको प्रक्रियामा फर्कन अनुरोध गरेका हुन्।

सभामुख घिमिरेले भने, “महत्त्वपूर्ण विधेयकहरूमा संसदका प्रमुख दलहरू अनुपस्थित हुनु उचित होइन। सबै पक्षको सहभागितामार्फत सहमतिको वातावरण बनाउँदै अघि बढ्न आवश्यक छ।”

उनले निजामती सेवा विधेयक र शिक्षा विधेयकजस्ता संघीय संरचनासँग प्रत्यक्ष जोडिएका प्रस्तावहरूमा सबै राजनीतिक दलको सहभागिता महत्वपूर्ण रहेको पनि उल्लेख गरे।

आजै प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको छ। यस्तो अवस्थामा रास्वपा र राप्रपाले निरन्तर संसद बहिष्कार गरिरहनु समग्र संसदीय प्रणालीका लागि चुनौतीपूर्ण हुने सभामुखको संकेत थियो।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com