काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले प्रतिनिधि सभामा विचाराधीन निजामती सेवा विधेयकलाई “गरिबमारा” भन्दै च्यातेका छन्।

आइतबार संसद्को बैठकमा विधेयकमाथि धारणा राख्दै सांसद साहले विधेयकले गरिब र निम्न तहका कर्मचारीको हक अधिकार कुण्ठित गरेको आरोप लगाउँदै आक्रोशपूर्वक विधेयकको प्रतिलिपि च्यातिदिए। उनले चेतावनी दिँदै भने, “यदि यस्तो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्नेछ।”

advertisement

साहले निजामती विधेयकले संविधानको मर्म र भावना विपरीत काम गरेको दाबी गरे। उनले विधेयकमा तल्लो तहका कर्मचारीको वृत्ति विकास रोकिने व्यवस्था गरिएको उल्लेख गर्दै, यस्तो प्रावधानले समान अवसरको सिद्धान्तमा आँच पुर्‍याउने बताए।

“गरिबको भविष्य र भाग्यमाथि कुल्चिन आउने यो विधेयक हामीलाई स्वीकार्य छैन। यसले पारित भएमा निम्न वर्गका लागि कालो दिन हुनेछ,” साहले संसद्‍मा भने।

सांसद साहको विरोधसँगै विधेयकमाथि संसद्मा अन्य दलहरूका सांसदहरूले पनि फरकफरक धारणा व्यक्त गरेका छन्। प्रतिनिधि सभामा आजै उक्त विधेयकमाथि निर्णय प्रक्रिया अगाडि बढ्ने कार्यसूची छ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com