काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणको जरोसम्म पुगेर छानबिन गर्न र दोषी जो–कोहीमाथि पनि कारबाही गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो मुद्दा कुनै नयाँ वा दलविशेषको विषय नभई समग्र राष्ट्रको सरोकार भएको उल्लेख गर्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी र दुर्व्यवहारको गम्भीर अनुसन्धानको माग गरे।

advertisement

“भिजिट भिसाको नाममा नेपाली नागरिकहरूलाई विदेशमा बन्धक बनाइएको छ। दुबईमा मात्र ७५ हजारभन्दा बढी नेपाली दिदीबहिनीहरू बन्धक अवस्थामा छन्,” सांसद शाहीले भने, “गृहमन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति नै संलग्न छन् भने पनि कारबाही गर्न हिच्किचाउनु हुँदैन।”

उनले संसदमा आरोप–प्रत्यारोप गर्ने समय सकिएको भन्दै अब राजनीतिक दलहरू सबैले यो मुद्दालाई साझा एजेन्डा बनाउनु पर्ने बताए। “आज गर्नेलाई होइन, देख्नेलाई लाज लाग्ने अवस्था छ,” शाहीले भने, “जनताको चित्कार सुन्ने कि नसुन्ने? अब समय आएको छ, संसद्मा संसदीय छानबिन समिति गठन गरेर सत्यतथ्य सार्वजनिक गरिनुपर्छ।”

सांसद शाहीले सरकारमाथि संसदमा संख्याको बलमा दम्भ देखाएर जनताको आवाज दबाउन खोजेको आरोप पनि लगाए। उनले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता संवेदनशील विषयमा सत्ता र विपक्षबीच राजनीतिक एकता जरुरी रहेको स्पष्ट पारे।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com