काठमाडौं । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

advertisement

वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् ।

पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।

 

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com