काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९४ पैसा र बिक्रीदर १६० रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ १८ पैसा र बिक्रीदर १८८ रुपियाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ७९ पैसा र बिक्रीदर १७१ रुपियाँ ५४ पैसा कायम गरिएको छ ।

advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १२  पैसा र बिक्रीदर ८९ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ७४ पैसा र बिक्रीदर १०० रुपियाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९६ पैसा र बिक्रीदर १०७ रुपियाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २७ पैसा र बिक्रीदर ३२ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४४ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ र बिक्रीदर ४४८ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ४५ पैसा र विक्रीदर ३५६ रुपियाँ ०१ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com