काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ ।

मन्त्रीपरिषद्को २०८१ साउन २८ गतेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक सिनामङ्गलमा रहेको नेपाल आयल निगमको इन्धन भण्डारण डिपोलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।

advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न १८ साउनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई निर्देशन दिएका थिए ।

सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठुलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न प्रधानमन्त्रीको निर्देशन भएको थियो । प्राधिकरणका अनुसार आइकाओको मापदण्ड अनुसार धावनमार्गबाट कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने हो तर हाल रहेको भण्डारण धावनमार्गबाट ८० मिटरभित्रै छ ।

डिपो स्थानान्तरण गर्ने निर्णय भएको झन्डै एक वर्ष बित्न लाग्दा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा हस्तान्तरण नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलले जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com