पीएसजीको जितमा जोआओ नेभेसले दुई गोल गरे भने अचरफ हाकिमीले एक गोल थपे। एक गोल आत्मघाती उपहारको रूपमा प्राप्त भयो। खेलका सबै गोल पहिलो हाफमै भएका थिए।
खेलको छैटौं मिनेटमा नै नेभेसले गोल गर्दै पीएसजी लाई अग्रता दिलाएका थिए। ३९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको केही समयपछि, ४४औं मिनेटमा मियामीका खेलाडी टोमस अविलेसबाट आत्मघाती गोल भएपछि पीएसजी को अग्रता ३-० पुग्यो। पहिलो हाफको इन्जुरी समयमा हाकिमीले गोल गरेपछि पीएसजी ४-० ले अगाडि रह्यो। दोस्रो हाफमा मियामीले केही अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन।
यस हारसँगै लियोनल मेस्सी सम्मिलित इन्टर मियामीको क्लब विश्वकप यात्रा प्रि-क्वाटरफाइनलबाटै समाप्त भएको छ। अब पीएसजीले शनिवार हुने क्वाटरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया