काठमाडौं । कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाले नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो ।

advertisement

मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ । बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो ।

आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३।०६ मिटर पुगेको छ । ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३।६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ ।

 

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com