काठमाडौं। धनकुटा प्रहरीले लागू औषध खैरो हेरोइन सहित हिलेबाट ४ जनलाइ नियन्त्रणमा लिएको छ ।
आइतबार राति धनकुटा १ हिलेका राजेश तामाङको कोठाबाट ६ वटा पोकामा राखिएको ६ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो । कारोबारमा संलग्न भएको आरोपमा हिलेका २८ वर्षका दिपेश राई, ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीइ सुजन तामाङ र २१ वर्षका सुमन तामाङ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथी थप अनुसन्धान भैरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया