झापा । झापा  अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति भीषण आगलागी भएको छ। मोतीबहादुर खड्काको एकतले टिनको घरमा सञ्चालन हुँदै आएको *खड्का फर्निचर उद्योग*मा राति अचानक आगलागी हुँदा ठूलो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आगलागीको कारण विद्युत् सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

advertisement

आगलागीपछि बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। यद्यपि आगलागीका कारण उद्योगमा रहेका काठ चिर्ने मेसिन, तयारी काठपात लगायतका सामग्री पूर्णरूपमा नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयले आगलागीको विस्तृत कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com