काठमाडौं । क्यानडाले अमेरिकासँगको व्यापार वार्ता सहज बनाउन सोमबारदेखि लागू हुने भनिएको डिजिटल सेवा कर फिर्ता लिएको छ। यस निर्णयसँगै अमेरिका र क्यानडाबीच रोकिएको व्यापार वार्ता पुनः सुरु हुने भएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि क्यानडाको डिजिटल सेवा कर अमेरिकामाथि गरिएको “प्रत्यक्ष आक्रमण” भएको भन्दै व्यापार वार्ता रद्द गरेका थिए। क्यानडाको प्रस्तावित करले विशेषतः अमेरिकी प्रविधि कम्पनीहरू—एप्पल, गुगल (अल्फाबेट), अमेजन र मेटाजस्ता विशाल कम्पनीहरूलाई असर पार्ने बताइएको थियो।

advertisement

क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले आइतबार जारी गरेको विज्ञप्तिमा भने,आजको घोषणाले वार्ताको पुनः प्रारम्भमा सहमति भएको जनाउँछ, जुन यसै महिनाको जी७ सम्मेलनमा तय गरिएको २०२५ जुलाई २१ को समयसीमासँग मेल खान्छ ।

यसअघिको निर्णयअनुसार क्यानडामा सञ्चालित प्रविधि कम्पनीहरूलाई लक्षित गर्दै कर लगाइने भनिएको थियो, जुन सोमबारदेखि लागू हुने तयारी थियो। तर, पछिल्लो निर्णयसँगै सो कर अब लागु नहुने भएको छ।

विश्लेषकहरूका अनुसार क्यानडाको यो निर्णयले अमेरिका-क्यानडाबीचको व्यापारिक सम्बन्धमा पुनः विश्वासको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 अलजजिराबाट ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com