काठमाडाैं  । प्रतिनिधिसभाको आजको बैठक केहीबेर तातिएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डीपी अर्यालबीच तीखो शब्दयुद्ध भएको हो।

बिहीबारको बैठकमा कांग्रेस सांसद खतिवडाले उठाएको विषयलाई लिएर असन्तुष्टि जनाउँदै रास्वपाका सांसद अर्यालले आपत्तिजनक शब्द प्रयोग गरेपछि विवाद चुलिएको हो। अर्यालले आलोचना गर्दै भने,

advertisement

२०४८/४९ सालतिर मन्त्रीको पिए भएर कागज किर्ते गर्नेहरूले हनुमानढोकाको चिसो छिँडीमा रात बिताएका थिए, आज तिनै संसद्मा छन्।

उनले आफूमाथि लागेको आरोपलाई निराधार भन्दै स्पष्ट पारे, सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो। मैले कसैलाई चोरेर होइन, मेहेनत गरेर खाएको छु। मेरो कम्पनीबाट कसैले विदेश गएर फर्केका छैनन् भने प्रमाण पेश गरियोस्।”

अर्यालले आफू र आफ्ना व्यवसायमाथि लागेको आरोप संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई रुलिङ दिन आग्रह गरे।

अर्यालको भनाइपछि कांग्रेस सांसद खतिवडा तुरुन्तै प्रतिक्रिया जनाउँदै उठे, तर सभामुखले समय सकिन नदिइकन बोल्न नदिई अर्यालको पालो पूरा गर्न दिए। त्यसपछि खतिवडाले जवाफ दिँदै भने,

हामीले कुनै माननीयको नाम किटान गरेका थिएनौं। चोरको खुट्टा काट भन्दा खुट्टा झिके जसरी प्रस्तुत हुनु आपत्तिजनक हो। कसैको छानबिन माग गर्दा संसद किन थर्किनुपर्छ?

खतिवडाले निष्पक्ष छानबिनको माग मात्र गरेको बताउँदै आपत्ति जनाए कि दोषीले संसदमा ठूलो स्वरमा कराउन पाउने तर निर्दोषले चुप लाग्नुपर्ने अवस्थालाई स्वीकार गर्न नसकिने बताए।

सभामुख देवराज घिमिरेले दुबै पक्षलाई संयमित भाषाको प्रयोग गर्न र संसदीय मर्यादा कायम राख्न आग्रह गर्दै विषयलाई स्थिर बनाए।

यो घटनाले प्रतिनिधिसभा भित्रै सांसदहरूबीचको आरोप-प्रत्यारोप र व्यक्तिगत र व्यावसायिक मुद्दा संसदमै उठाउने प्रवृत्तिबारे पुनः बहस जन्माएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com