काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान बोलाइएको भए पनि स्थगित गरिएको छ। विद्यालय शिक्षा विधेयकमाथि थप छलफल आवश्यक परेको भन्दै शिक्षा मन्त्रालयले समय मागेपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।

विधेयकलाई अन्तिम रूप दिनका लागि समिति बैठक बिहान ८ बजे बोलाइएको थियो। तर, नेपाल शिक्षक महासंघले केही सहमत भएका विषयहरूमा समेत असहमति जनाएपछि शिक्षा मन्त्रालयले अतिरिक्त समय माग गरेको हो।

advertisement

शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग थप परामर्श गर्नुपर्ने आवश्यकता औँल्याउँदै बैठक सार्न अनुरोध गरेका थिए। मन्त्रालय र महासंघबीचको छलफलपछि दिउँसो २ बजे पुनः समिति बैठक बस्ने तय गरिएको छ।

महासंघले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायीकृत गर्ने विषयमा असहमति जनाएको छ। साथै, विधेयकमा प्रस्ताव गरिएको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको अनुपातलाई परिवर्तन गर्दै ७५/२५ हुनुपर्ने माग राख्दै आएको छ।

विधेयकलाई पारित गर्नुअघि महासंघसँग सहमति जुटाउन आवश्यक देखिएकोले थप छलफलपछि अन्तिम निर्णय लिने तयारी गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com