कालीकोट । पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार असार १६ गते बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगने खोला–हुम्मखण्ड अवरुद्ध भएको छ ।

आइतबार असार १५ गते बेलुकादेखिको वर्षासँगै गगने खोला–हुल्मबजारसम्मकाे धेरै ठाउँहरूमा पहिरो खसेको छ । गए रातिदेखि अत्यधिक वर्षा र पहिरोले बाटो अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख एवं डीएसपी टेकबहादुर रावतले बताएका हुन ।

advertisement

कर्णाली राजमार्गमा गाडी चल्न सक्ने अवस्था छैन । कर्णाली करिडोर सुरु हुने खुलालु र जिरो प्वान्टमा खसेका ढुंगा पन्छाएर जेसीभी गगने खोलाको पहिरो लाई हटाउन पठाइएको रावतले बताए।

पहिरो लगातार जारी रहेकाले बाटो खुलाउन कठिन भएको उनले जानकारी दिए । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ।  उनले भने, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए पछि दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”

सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला, मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com