काठमाडौं । भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको एक रासायनिक उद्योगमा भएको विस्फोटमा परी कम्तीमा १० कामदारको मृत्यु भएको छ। यस दुर्घटनामा १५ देखि २० जनासम्म घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबार बिहान करिब ७ बजेको समयमा पासुमिल्लाराम औद्योगिक क्षेत्रमा रहेको सिगाची नामक रासायनिक कम्पनीको रिएक्टरमा एक्कासि विस्फोट भएको हो। विस्फोट यति शक्तिशाली थियो कि कारखानाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, र धेरै कामदारहरू त्यहीँभित्र फसेका आशंका गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

advertisement

विस्फोटपश्चात् आत्तिएका कामदारहरू कारखानाबाट बाहिर निस्कँदै गरेको दृश्यहरू स्थानीयहरूले खिचेका भिडियोमा देखिएको छ। घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ भने घाइतेहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ।

प्रशासनले घटनास्थलमा अनुसन्धान सुरु गरिसकेको छ र पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहतको आश्वासन दिएको छ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com