काठमाडाैं ।  शिक्षामन्त्री रघुजी पन्त सत्तारुढ दल नेपाली कांग्रेसको बैठक स्थल सानेपा पुगेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा जारी बैठककै क्रममा उनी त्यहाँ पुगेका हुन्।

शिक्षा विधेयकसम्बन्धी विवाद कायमै रहेका बेला मन्त्री पन्त कांग्रेस नेतासँग छलफल गर्न पुगेको बताइएको छ। शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा विधेयक हिजै पारित गरिनुपर्ने थियो। तर, संसदीय समितिमै सहमति नजुटेकाले विधेयक अझै पनि पारित हुन सकेको छैन।

advertisement

विधेयक पारित नभएको भन्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएपछि दबाब बढेको छ। यही सन्दर्भमा मन्त्री पन्त कांग्रेस नेताहरूसँग संवाद गर्न सानेपा पुगेका हुन्। बैठकस्थलमा पुगेपनि उनी अलगै बसेका छन्।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com