काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो।
आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै एक दशमलव ६३ प्रतिशतले बढेको छ। बैङ्किङ शून्य दशमलव ३८, विकास बैङ्क शून्य दशमलव ७२, लगानी शून्य दशमलव ०२, जीवन बिमा शून्य दशमलव ८२, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ६१ र व्यापार समूह शून्य दशमलव ७२ प्रतिशतले बढेको छ।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार












प्रतिक्रिया