काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इस्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
सोमबार स्पेनको सेभियामा आयोजित संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा दुई नेताबीच भेटवार्ता भएको हो।
भेटवार्तामा नेपाल–इस्टोनिया सम्बन्ध सुदृढ गर्ने, द्विपक्षीय सहकार्य विस्तार गर्ने, तथा सूचना प्रविधि, शिक्षा र नवप्रवर्तनजस्ता क्षेत्रहरूमा साझेदारी गर्न सकिने सम्भावनाबारे छलफल भएको जनाइएको छ।
यस अवसरमा दुवै नेताले बहुपक्षीय सहयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १६ असार २०८२, सोमबार













प्रतिक्रिया