काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा फ्लुमिनेस २-० ले विजयी भयो । योसँगै इन्टरको यात्रा अन्तिम १६ बाटै टुंगिएको हो ।

advertisement

फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले १-१ गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै फ्लुमिनेसलाई अग्रता दिलाएका थिए ।

अर्को गोल भने खेल सकिनै लाग्दा भएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गरेपछि फ्लुमिनेस २-० ले विजयी हुँदै अघि बढ्यो ।

अब मंगलबार विहान अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलाल खेल्ने छन् । उक्त खेलको विजेतासँग फ्लुमिनेसले खेल्नेछ ।

यसअघि बायर्न म्युनिख, पीएसजी, चेल्सी र पाल्मेइरास क्‍वाटरफाइनलमा पुगिसकेका छन् ।

 

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com