काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाबाट असुली भएकोबारे छानबिन भइरहँदा भिजिट भिसामा विदेश जानेहरुको संख्या नै घटेको छ ।

अनुसन्धान चलिरहेका बेला समेत केही युवा विदेशिएको विवरण आएपछि थप कडाइ गरिएको थियो । यसपछि भिजिट भिसामा जानेकै संख्या घटेको पाइएको हो ।

advertisement

विमानस्थल अध्यागमन कार्यालयमा निरीक्षणका लागि आइतबार पुगेका अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले विमानस्थलबाट भिजिट भिसामा विदेश जानेको संख्या उल्लेख्य रुपमा घटेको बताए । उनले अनलाइनखबरसँग भने, ‘पहिले एक दिनमै ९ देखि १० हजारसम्म जाने गरेकोमा अहिले ६ हजार, ६ हजार ७ सयर८ सय, कहिले ७ हजार जाने गरेको तथ्यांक छ ।’

पछिल्लो समय विमानस्थलमा पूर्ण कागजात नभएकाहरुलाई समेत कडाइ गरिएको र त्यसका कारण संख्या घटेको हुनसक्ने उनले बताए ।

अहिले दुबई लगायत मुलुकमा जाने हवाई भाडा समेत घटेको छ । विगतमा विमानस्थल अध्यागमन प्रमुखमा सहसचिव तीर्थराज भट्टराई रहेका बेला चार महिनामा २१२ जना भारतीय नागरिकलाई विना एनओसी ९नो अब्जेक्सन लेटर० विदेश पठाएको खुलेको थियो ।

यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखायो भने भारतीयलाई काठमाडौं हुँदै तेस्रो मुलुक पठाउन कडाइ गरिएको छ । भारतीय नागरिकलाई विना एनओसी विदेश पठाएको विषयमा अख्तियारको छानबिन अझै जारी छ ।

 

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com