काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालद्वारा दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा उक्त रिटको पेशी तोकिएको हो।

यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै ढकाललाई पार्टी महामन्त्री पदबाट हटाउने निर्णयको कारण मागेको थियो। त्यसै सन्दर्भमा निर्वाचन आयोगलाई समेत छलफलका लागि बोलाइएको छ। असार ४ गते आयोगले ढकाललाई दिएको पत्र र त्यससँग सम्बन्धित सम्पूर्ण फाइल सर्वोच्चले झिकाएको छ।

advertisement

ढकालले आफू अझै पनि रास्वपाको विधिवत महामन्त्री रहेको दाबी गर्दै सर्वोच्चमा उत्प्रेषण आदेशको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा रास्वपाको केन्द्रीय कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टी प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छ।

एक वर्षअघि पार्टीले अनुशासन विपरीत अभद्र र अमर्यादित व्यवहार गरेको, तथा पार्टीको छविमा नकारात्मक असर पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई महामन्त्रीसहित सबै पद र साधारण सदस्यताबाट समेत निष्कासन गरेको थियो।

तर ढकालले पार्टीको उक्त निर्णय अवैधानिक भएको दाबी गर्दै कानुनी लडाइँ अघि बढाएका छन्। आजको सुनुवाइबाट मुद्दाको प्रारम्भिक धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com