काठमाडौं । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने कानुनी मार्ग खुल्ला भएपछि नायिका रेखा थापा गृहमन्त्रीको निवासमा पुगेकी छिन्।
थापाले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर यो सहासिक निर्णयका लागि धन्यवाद दिएकी हुन्। उनले आमाले जन्म दिई पालनपोषण गर्ने भए पनि नागरिकता लिन बाबुको नाम अनिवार्य पर्ने परिपाटीले धेरै नेपाली नागरिक समस्यामा परिरहेको उल्लेख गरिन्।
“अब भने आमाको नामबाटै नागरिकता लिन सकिने व्यवस्था गरिएको छ, जुन नेपाली महिलाका लागि ऐतिहासिक उपलब्धि हो,” थापाले आफ्नाे फेसबुक पाेस्टमा लेखेकि छिन् “नेपाल सरकार र गृहमन्त्री लामिछानेको यो निर्णय नागरिकता नपाएका हजारौं नेपालीका लागि आशाको किरण बनेको छ।”
गृहमन्त्री लेखक नेतृत्वको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको कार्यविधिबाट आमाको नामबाट पनि वंशज प्रमाणित गरी नागरिकता पाउने बाटो खुलेको हो।
नायिका थापाले यो निर्णय महिलाको अधिकार र समानताको दिशामा महत्वपूर्ण कदम भएको भन्दै मन्त्रालयमै पुगेर गृहमन्त्रीलाई व्यक्तिगत रूपमा धन्यवाद दिएकी हुन्।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार













प्रतिक्रिया